सुदूरपश्चिम नेपालमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

डडेल्धुरा । आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार सोमबार पनि मौसम बदली हुनेछ ।

सोमबार पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का हुनेछ भने तराईमा हावा-हुरीको सम्भावना रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.