धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी दोस्रो स्थानमा छन्।
नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल तेस्रो स्थानमा आएका छन्। अहिलेसम्मको मत गणनामा बडुवालले ९ हजार ६६७ मतसहित अग्रता लिएका हुन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ८ हजार ५६३ मत ल्याएका छन्।
एमालेका उम्मेदवार रावलको ८ हजार ३८१ मत छ। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।