बहालवाला मन्त्री हराएर डडेल्धुरामा स्वतन्त्रका तारा उदाए

डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

स्वतन्त्र उम्मेदवार जाेशीले सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला मन्त्री तथा वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार  ६ सय ९० मत पाए।

०७४ सालको निर्वाचनमा यहाँ नेपाली काँग्र्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.