डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक चौडा पार्ने प्रक्रिया अघि बढ्यो

अमरगढी । डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक फराकिलाे पार्ने काम अगाडि बढाउने प्रक्रिया थालिएको छ। अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय गरेसँग प्रक्रिया अगाडी बढेकाे हाे ।

मन्त्रालयले बुधबार महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रकमान्तर गर्ने निर्णयलाई स्वीकृ गर्दै कार्यान्वयन गर्न अनुरोध गरेको हो। यसअघि अर्थ मन्त्रालयले २० करोडको स्रोत सहमति दिएकोमा बुधबार २० करोड रकमान्तर गर्दै कार्यान्वयनका लागि महालेखालाई आग्रह गरेको हो।

मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्ने देखिन्छ। अब मुआब्जाको बाँकी ६५ करोड चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले बताए। यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक दायाँबायाँ १५/१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै दुई पटक टेण्डर आह्वान गरेको थियो। तर, विभिन्न प्राविधिक कारण  देखाउँदै उक्त टेण्डर रद्द गरिएको थियो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.