नुहाउनेक्रममा गाेदावरी नदीमा डुवेर बालिकाकाे मृत्यु
धनगढी । कैलालीकाे गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । बुधबार साथीहरुसँग नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।
साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनीसँगै अरु ६ जना साथीहरु पनि त्यहाँ गएका थिए। तर, अन्य भने सकुशल छन्। उनीहरुसँग सोधपुछ भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
यता, आफन्तले भने यो हत्या भएको बताएका छन्। बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।