कैलालीका एक प्रहरीले आफैले आफैमाथि राईफल पड्काए

धनगढी । कैलालीमा एक प्रहरी जवानले आफैलाई ताकेको बन्दुक पड्केपछि घाईते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडानम्बर २ घर भएका एक प्रहरी जवान घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैलाई बन्दुक ताकेका हुन्। झंकर हिजो (शनिबार) राति मुल गेटको डिउटीमा थिए। डिउटीमै रहेका बेला उनले रातको करिव १ बजेको समयमा आफैले आफैमाथि बन्दुक ताकेको बताइएको छ। उनले आफ्नो  साथमा रहेको (एसएलआर) राइफल चलाउँदा बन्दुक पड्केर घाइते भएको हुन्।

केही दिनदेखि उनी बिदामा समेत बसेका थिए। उनले चौकीमा राति आत्महत्याको प्रयास गर्दा बन्दुक पड्केको हुनसक्ने आशंका प्रहरी स्रोतको आशंका छ। घाइते भएका झंकरको चिउँडोमा चोट लागेको प्रहरी स्रोतको भनाइ छ। पारिवारिक तथा व्यक्तिगत समस्याका कारणले उनले यस्तो गरेको हुनसक्ने बताइएको छ। अहिले उनको नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचार  भैरहेको र खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.