कांग्रेस कैलाली जिल्ला अधिवेशनमा सभापतिको मतगणना सुरु

धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ। अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेद्वारी दिएका छन्।

भीम बडुवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्। जिल्ला सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेद्वारी दिएका छन्। जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना निर्विरोध निर्वाचित भएका छन् ।

पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए।सुदूरपश्चिमकाे अछामबाहेक बाँकी जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.