अत्तरिया । स्थानीय चुनाबलाई मध्येनजर गरेर नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) कैलालीकाे गोदावरी नगर कमिटीले वडा वडामा संगठन सुदृढीकरण अभियान चलाउने भएकाे छ । विहीबार नगर कमिटी पदाधिकारी बैठकले एक चरण पुनः पार्टीलाई चलाएमान बनाउने प्रतिबद्धता गर्दै यस्ताे निर्णय गरेकाे हाे।
अभियानमा नगरका पदाधिकारी, नगर क्षेत्रका प्रदेश कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्यहरुलाई महत्त्वपुर्ण भुमिका खेल्नका निम्ति वडा स्तरकाे जिम्मेवारी ताेकीएकाे अध्यक्ष धर्म सिंह कुँवरले जानकारी दिएका छन । जसअनुसार वडा न १ मा शेर बहादुर बिष्ट(नगर कोषाध्क्ष), २ नम्वर वडामा धर्म सिंह कुँवर (नगर अध्यक्ष), वडा न ३ मा कमला कैनी (प्रदेश सदस्य), वडा न. ४ मा तुलसी प्रसाद जोशी(नगर सह-सचिव), वडा न -५ मा दिनेश शाह(नगर उपाध्यक्ष) लाई जिम्मेवारी दिइएकाे छ ।
यस्तै वडा न -६ लक्षिराम आचार्य(केन्द्रिय सदस्य), वडा न -७ तिलक चौधरी( नगर उपाध्यक्ष), वडा न ८ र ९ उद्धब भट्टराई (प्रदेश सदस्य), वडा न १० मेघराज भट्ट( प्रदेश सदस्य), वडा न ११ मदन कठायत( नगर सचिव), वडा न १२ बिक्रम बिक(केन्द्रिय सल्लाहकार सदस्य)लाई ताेकिएकाे छ ।
यस्तै बैठकले पार्टीका वडा कमिटीका कार्यालय स्थापना गर्ने, टोल कमिटीका बैठक, वडा कमिटीको सफत ग्रहण कार्यक्रम यहि फाल्गुन १६ गते भित्र सम्पन्न गर्ने। नगर कमिटी, वडा कमिटी र जबस मोर्चाका नगरका संयोजक लगायत सिनियर कमरेडहरुको प्रशिक्षण कार्यक्रम यहि फाल्गुन १८ गते अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा गर्ने निर्णाय गरेकाे छ ।
साे प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश ईन्चार्ज खगराज भट्ट र प्रदेश सरकारका प्रमुख त्रिलोचन भट्टकाे प्रमुख आतिथ्य रहने अध्यक्ष कुँवरले बताए । उनले पार्टी सदस्यता कार्ड बितरण यही फाल्गुन २५ गते सम्म सम्पन्न गर्ने गरी अभियान चलाइने जानकारी दिए । साथै आज नै वडा न ६ को वडा कार्यालय स्थापना गर्दै बैठक सम्पन्न भएकाे उनले बताए ।