धनगढीमा एमाले युवा र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित दुईजना घाइते

धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका युवा विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्‍यालीबाट प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

आन्दाेलन उग्र बन्दै गएपछि प्रहरीको लाठी चार्ज गरेकाे थियाे । आन्दाेलनरत युवाहरुले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.