धनगढी । सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ।सोमबार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।
उता कैलालीको टीकापुर नगरपालिका-६ डाँडाबोझीका ६२ वर्षीय गौरी डँगौरा थारु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनी घर पछाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।