१६ किलो चरेशसहित २ जना पक्राउ
धनगढी । बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से१ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले बताएको छ।
कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक बझाङको बुङ्गल नगरपालिका-११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेशसहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।