नेपाली ५६ जना बाेकेकाे बस भारतमा दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
धनगढी । नेपाली मजदुर चढेको बस भारतमा दुर्घटना भएको छ । बिहीबार धनगढीबाट भारत गएको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी १३७५ नम्बको बस भारतको पलियामा दुर्घटना भएको हो । दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको भने अन्य पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो।
घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ ।