असन्तुष्टिकाबीच सुदूरपश्चिम माओवादी सम्मेलन सम्पन्न गर्ने तयारी
धनगढी । कार्यकर्ताकाे असन्तुष्टीकाबीच नेकपा माओवादी केन्द्रकाे सुदूरपश्चिम प्रदेश सम्मेलन सम्पन्नकाे तयारीमा छ ।सम्मेलनकाे बन्दसत्रले पदाधिकारी सहितकाे पुर्ण किमिटी चयन नगरी २०१ सदस्यीय मात्रै प्रदेश कमिटी घाेषणा गर्दै सम्मेलन सम्पन्न गर्न लागेकाे हाे ।
गैर भूगाेलमा कार्यरत कार्यकर्तालाई भूगाेलसँगै जाेडेर आउन भनेपछि जनबर्गिय संगठनमा कार्यतर कार्यकर्ता असन्तुष्ट भएका हुन् । जिल्लाका कार्यरतले मरीमरी सदस्यता बनाएकाे भन्ने र गैरभूगाेलमा कार्यरत जनबर्गिय भात्रृसंगठन कलाकार, पत्रकार, जनजाति माेर्चा घाइते अपाङ्गता भएकाहरुकाे भूमिका न्युनिकरण भएपछि असन्तुष्टी छाएकाे हाे ।
अहिले सम्मेलन हल यही विषयमा काेलाहलमा परिणत भएकाे जनक्रान्तिका घाईते अपाङ्ग याेद्धा संगठनका सुदूरपश्चिम अध्यक्ष गम्भीर थापा र प्रेस संगठन नेपाल सुदूरपश्चिम अध्यक्ष भूवन बाेहराले जानकारी दिएका छन् ।