आगलागीबाट ध्वस्त आलोक मल्टी कन्सर्नकाे मुख्यमन्त्रीद्वारा उद्घाटन
धनगढी । उद्घाटनलाई ठीक्क पारिएकाे धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि आगलागीबाट पुर्ण क्षति भएपछि १० महिनापछि पुन: सञ्चालनमा आएको छ । आलोक मल्टी कन्सर्न प्रालिको आज शनिवार सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।
भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्री अब धनगढीमै सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं, किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका सामाग्री उत्पादित गर्ने उद्देश्य रहेको सञ्चालक भाेजराज भट्टले बताए । सो उद्योगमा ८० जना भन्दा बढीले रोजगारी पाएका छन् ।
गत चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा हुने तयारी रहेका बेला फागुन २२ गते शनिवार एक्कासि उद्योगमा आगलागी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो ।
आगलागी हुँदा झण्डै पौने पाँच करोडको नोक्सान भएको थियो । आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालिलाई जनस्तरबाटै आर्थिक सहयोग र उद्योग सञ्चालनमा आउन्जेलसम्म सहुलियत रुपमा विभिन्न व्यक्तिको आर्थिक रकम सहयोगबाट तत्कालै उद्योग सञ्चालनमा ल्याएको आलोक मल्टी कन्सर्न प्रालिका सञ्चालक भट्टले बताए ।
करिब १० करोडको लगानीमा उद्योग पुन: सञ्चालनमा ल्याइएको हो ।