सुदूरपश्चिम सरकार परिवर्तन हुँदैन, ढुक्कसँग जनताको पक्षमा काम गरौँ : प्रचण्ड
धनगढी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।बुधवार बिहान धनगढी विमानस्थलमा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन ।
उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् । ”अहिले सरकार यता उता गर्ने भन्ने केही छैन । त्यस्तो कुरा चलेको पनि छैन । कसैले उठाएको पनि छैन । त्यस कारण सरकारले ढुक्कसँग जनताको पक्षमा काम गर्न केही व्यवधान छैन ।”
भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।