प्रचण्ड भोली धनगढी आउदै
धनगढी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड कैलाली आउँदैछन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आउन लागेको नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।
भोलि बुधबार बिहान ८ बजे धनगढी बिमानस्थल उत्रिने प्रचण्ड भोलि नै भजनी नगरपालिकाको नबनिर्मित भवनको उद्घाटन गर्दै स्थानीय बासिन्दालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिनदेखि सुरु हुने नेकपा माओवादी केन्द्र प्रदेश कमिटी बैठकलाई पनि अध्यक्ष प्रचण्डले प्रशिक्षण गर्ने कार्यक्रम रहेको बनाइएको छ ।