‘प्रदेश सरकार असहाय अशक्तकाे अभिभावक बन्नेछ’ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकार असहाय अशक्तहरुकाे अभिभावक रहेकाे बताएका छन् । असहाय अशक्त अपाङ्गताकाे हकहितमा सरकार काम गरिरहेकाे भन्दै आईतबार मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका ब्यक्तिहरुसँगकाे भेटमा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

विविध कारणले अपाङ्गता हुन पुगेकाहरुलाई सक्दाे काम गर्ने अवसर जुटाएर सहज जीवन यापनमा प्रदेश सरकार प्रयासरत रहेकाले सेवा सुविधा लिन एकजुट हुनुपर्ने बताए । May be an image of 6 people, people sitting, people standing and outdoorsअपाङ्गता  भएका ब्यक्ति र यस क्षेत्रमा कार्यरत संस्थाहरु एकजुट नहुँदा सरकारले छुट्टाएकाे बजेट पनि कार्यान्वयन गर्न नसकेकाे र लक्षित समुहले लाभ लिनबाट बन्चित भएकाे उनकाे भनाई थियाे ।

 मेरुदण्डिय पक्षघात समुह नेपालले प्रदेश सरकारसँग माग गरेकाे ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले भने- ‘मलाई अवगत गराएकाे कुरामा विषयगत मन्त्रालय र सरकार सम्बद्धमा छलफल गरेर चाँडै नीतिगत समाधान गर्नेछाैं ।’ उनले भने- ‘अझै समुहगत रुपमा तपाईहरुले भाेग्नुपरेका समस्य र सरकारसँगकाे अपेक्षा याेजनागत ल्याउनुस्, सरकार सक्दाे सहयाेग गर्छ ।’

स्पानल कट ईन्जुरी नेटवर्क नेपालले यस समुहका ब्यक्तिहरुले भाेग्दै आएका समस्य र सरकारले गर्नुपर्ने कामबारे जानकारी गराउदै सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा रहेका मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका ब्यक्तिहरुलाई मुख्यमन्त्री भट्टमार्फत स्वास्थ्य सामाग्री निशुल्क वितरण गरेकाे थियाे ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.