गुडिरहेकाे जीपबाट खसेर डोटीमा एक बालिकाको मृत्यु

धनगढी । गुडिरहेकाे जीपबाट खसेर डोटीमा एक बालिकाको मृत्यु भएको छ। दिपायलबाट डडेल्धुरा गइरहेको से१ज ७१६ नम्बरको जीपबाट खसेर डोटीको शिखर नगरपालिका -८ की १५ वर्षीया आशा विकको मृत्यु भएको हाे।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चालक डडेल्धुराको अमरगढी नगरपालिका -१ का ३० वर्षीय खडकबहादुर ऐर जीपसहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराको नियन्त्रणमा रहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.