मुख्यमन्त्री भट्टद्वारा डाेटीकाे बुडरमा बहिरा छात्राबासकाे सिलन्यास

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले डाेटीकाे बुडरमा बहिरा अपाङ्गता भएका विधार्थीकालागि छात्राबास भवनकाे सिलन्यास गरेका छन् । देशभरका सबै वडामा नेकपा माओवादी केन्द्रकाे सम्मेलन उद्घाटन गर्न डाेटी पुगेका मुख्यमन्त्री भट्टले शनिबार पार्टी काम भन्दा पहिले रामपुर उमाविमा बहिरा अपाङ्गता भएका विधार्थीकालागि छात्राबासकाे सिलन्यास गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशकाे मध्यबिन्दु बुडरमा बहिरा छात्रावासको लागि करिब ८० लाख रकम बिनियोजित गरेकाे थियाे । यसअघि कञ्चनपुरकाे बेलाैरीमा बहिरा अपाङ्गता भएका विधार्थीकालागि प्रदेश सरकारले एक कराेडबढी रकममा विशेष शिक्षालय स्थापना गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.