प्रेस सेन्टर नेपाल कैलालीकाे अध्यक्षमा तेजराज भट्ट निर्वाचित

धनगढी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीकाे पाँचाैं अधिवेशनबाट सर्वसम्मतरुपमा जिल्ला अध्यक्षमा पत्रकार तेजराज भट्ट निर्वाचित भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न जिल्ला अधिवेशनवाट भट्टकाे नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति तथा प्रदेश प्रतिनिधिनिहरु सर्वसहमत चयन भएकाे हुन् ।

जिल्ला समितिकाे उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, यस्तै सचिवमा मंगल बास्काेटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया, काेषाध्यक्षमा राम दहित निर्विराेध चयन भएका छन् ।यस्तै सदस्यहरूमा दुर्जन चाैधरी, माेतिराम चाैधरी, प्रविन चाैधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा लगायतका चयन भएका छन् ।

यस्तै अधिवेशनबाट प्रदेश प्रतिनिधिहरूमा धनराज विक, घनश्याम पाैडेल, सुरेन्द्र ताम्राकार, बलराम भगाेरिया र कमला चाैधरी छनाैंट भएकाे बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रेस सेन्टर नेपाल केन्द्रीय अधिवेशन आयाेजक सदस्य टंक कुँवरले  जानकारी दिए ।

प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष हरिष विककाे अध्यक्षतामा भएकाे पाँचाैं जिल्ला अधिवेशनका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका सुदूरपश्चिम  ईञ्जार्ज एवं पत्रकार महासंघ प्रदेश महासचिव रामसिंह ठगुन्ना रहेका थिए भने बिशिष्ठ अतिथिमा नेकपा माओवादी कैलाली संयाेजक लालवहादुर साेडारी, नेता रमेश धामी, निर्मल शाह, प्रेस सेन्टर नेपालका नेता दुर्गा भण्डारी, भवानी ऐर, राजेन्द्र अवस्थी लगायतकाे सहभागिता रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.