उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालय बारे डाेटीमा छलफल
डोटी । सुदूरपश्चिम सरकारले गठन गरेकाे उच्च शिक्षा तथा प्रदेश विश्वविद्यालय सम्बन्धि अध्ययन कार्यदलले डोटीमा छलफल चलाएकाे छ । देशमा विश्वविद्यालयको संख्या प्रयाप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने प्राबिधिक विश्वविद्यालयको आवश्यकता रहेकोले सम्भाब्यता अध्ययन गर्नको लागि सरकारले डा.हेमराज जोशि संयोजकत्वमा प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धि अध्ययन कार्यदल गठन गरेकाे थियाे।
कार्यदलले बुधवार डोटीमा अवको समाजको लागि आवश्यक शिक्षा प्रणाली कस्तो हुनुपर्छ, भन्ने लगायतका विषयमा जिल्ला स्थित विद्यालय, क्याम्पस, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि हरुको धारण लिईएको थियो । छलफलमा विद्यालयस्तरबाटै सैदान्तिक शिक्षा भन्दा ब्यावहारिक शिक्षालाई जोड दिए शिक्षा क्षेत्रमा परिवर्तन ल्याउ सकिने नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य केवि साउदले बताए।निजि विद्यालयमा शिक्षाको सिकाइ स्तर प्रभावकारी हुने तर लोकसेवा पास गरेर आएका सरकारी विद्यालयका सिकाईस्तर न्युन हुने कारण खास गरेर सरकारले नीति पारित गर्नुपर्ने प्रदेश कमिटी सदस्य साउदकाे भनाई थियाे ।
प्रदेश सरकारले उच्च शिक्षा नीति निर्माण गरेर सुदूरपश्मेली समुदायलाई पाएकपर्ने ठाउँमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिनुपर्ने डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशीले बताए । सरकारले हालसम्म उच्च शिक्षा सम्बन्धी नीति निर्माण गर्न नसक्दा विभिन्न झमेला खेप्दै आउनु परेकोले प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्दा अरु विश्वविद्यालय भन्दा फरक र उपयुक्त हुने किसिमको करिकुलम निर्माण गरेर अध्यापन गराउनु पर्ने उनकाे भनाई थियाे ।
गुणस्तरीय शिक्षाको अभावमा उत्पादन भएका जनशक्तिले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकोले प्रदेश सरकारले शिक्षा सम्बन्धि नीति निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता अनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासिले सुझाब दिइन् ।प्रदेश स्तरीय विश्वविद्यालयका लागि डोटी जिल्ला उपयुक्त स्थान भएको समेत उनकाे दावी थियाे ।