३ दिन सुदूरपश्चिमलगायत देशका केही भागमा बदली र हिमपातकाे सम्भावना
धनगढी । मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी तथा बागमती प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। भने प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
यसैगरी, शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। भने, राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भने, राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।