एमाले रावल पक्षद्वारा कैलालीमा समानान्तर महाधिवेशन प्रतिनिधि छनोट
धनगढी । एमाले कैलालीका अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अर्को पक्षले पनि प्रतिनिधि छनोट गरेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल पक्षले आज समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गरेको हो।
एमाले पार्टीका प्रदेश कमिटी सदस्य एवं लम्कीचुवा नगरपालिकाका मेयर महादेव बजगाईले ९ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको जानकारी दिए।उनका अनुसार यज्ञराज ढुङगाना, मनोज खड्का, सुर्यबहादुर थापा, रुप रावल, वीरेन्द्र रावल, भीम कुँवर, ममता रावल, गंगा थापा र बसुन्धरा भण्डारीलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो।
यसअघि जिल्ला अध्यक्ष रतन थापाको समूहले पनि महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ।महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा जिल्ला अध्यक्षले एकलौटी रुपमा महाधिवेशन प्रतिनिधिको नाम घोषणा गरेपछि फेरि प्रतिनिधि छनोट गरिएको अर्को पक्षले जनाएको छ।