धनगढीसहित कैलालीका चार पालिकामा कांग्रेस अधिवेशन आज हुँदै

धनगढी । मंगलवार हुन नसकेकाे कैलालीका चार स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन आज बुधवार सुरु हुँदैछ ।बन्दकाे कारण देखाउदै धनगढी उपमहानगरपालिकासहित कैलालीका गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको थियाे ।

नेपाली काँग्रेस कैलाली जिल्लाका पार्टी सभापति नरनारायण शाह ’मनु’ले स्थगित यी पालिकामा आज बुधवार बिहान ८ बजेदेखि मात्रै नगर अधिवेशन हुने बताए । उनले भने “बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थित हुन नसक्ने अवस्था देखियो । त्यसैले स्थगित गर्नु पर्यो ।” कांग्रेसको पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ।

शाहका अनुसार जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाश बम, नेता नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी, नृपबहादुर वड लगायतका नेता आकाङ्क्षी देखिएको चर्चा छ। यस्तै जिल्ला सचिवका लागि केशव मिश्र, विनय लामा, लक्ष्मण शाही, अमृत बिसी र नृप सुनार लगायतको नाम चर्चामा छ। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.