बन्दले सुदूरपश्चिम ठप्प, कहाँ के भयाे ?
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको सुदूरपश्चिम प्रदेशमा आशिंक प्रभाव देखिएको छ। धनगढी महेन्द्रनगर सहितका विभिन्न ठाउँमा आज विहानैदेखि सार्वजनिक सवारीहरु चलेका छनन्। जसले गर्दा यहाँकाे जनजीवन प्राय ठप्प रहेकाे हाे ।
बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको छ। सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार ब्यवसाय ,सवारी साधन ठप्प बनेका छ्न । बन्दलाई मध्यनजर गर्दै यहाँका बजारसहित सडक मार्गका ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।
बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । राेकि राखेका केही सार्वजनिक गाडीलाई स्कटिङ गरेर गन्तव्यतिर पठाइएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए।
११ जना पक्राउ
नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्।आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए।