धनगढी पुगेर विप्लवले भने, ‘माओवादी केन्द्रसंग एकता हुन्छ’

धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसंग एकता हुने बताएका छन्। धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले माओवादी केन्द्रसंग एकता सम्भव रहेको बताएका हुन्। उनले भने, ‘हामी एकता गर्ने हो।

हामी निश्चित रुपले एक हुने नै हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’ उनले सम्पूर्ण देशभक्तले वैदेशिक हस्तक्षेप विरुद्ध लड्नका लागि एकजुट हुनुपर्ने बताए। सरकारले पार्टीलाई प्रतिवन्धबाट हटाउदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उनले बताए।

उनले सबैको रगत, श्रममा कुनै भेदभाव नभएको बताउँदै दलित शब्द लाई खारेज गर्नु पर्ने बताए । संसारमा उच्च जाती र नीच जाती नभएको तर समाजमा बलिया र अगाडि बढेकाहरूले श्रमिक बर्गलाई हेप्न खोज्नेहरूले यस्तो छुट्याएको बताए । उनले जातीयबाद  विरुद्धमा नेपाल कम्युनिस्ट  पार्टी डटेर लाग्ने बताए ।

जातीय भेदभाव गर्नेहरू अरूको पसिना लुटेर खान खोज्नेहरू रहेको बताउँदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको सामान तरबार बाट गर्ने चेतावनी  दिँदै विप्लवले कानुन र पैसाको भर कसैले भेदभाव गर्न चाहन्छ भने त्यसको विरुद्ध प्रतिकार गर्न नेपाल कम्युनिस्ट  पार्टी सधैँ अग्रपंतिमा उभिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.