फेरि बढ्याे पेट्रोलियम पदार्थकाे मुल्य, ग्याँस सिलिण्डरकाे १५७५

धनगढी । पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । दुई हप्ता नबित्दै नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको हो ।

पेट्रोल र डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ । जसअनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.