मुख्यमन्त्री भट्टद्वारा एमालेका स्थानीय नेतालाई माओवादीमा स्वागत

धनगढी । सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलाेचन भट्टले एमाले पार्टी छाेडेर नेकपा माओवादी केन्द्रमा प्रबेश गर्ने स्थानीय नेता कार्यकर्तालाई स्वागत गरेका छन् । डोटी जिल्लामा एमाले स्थापना कालदेखि कृर्याशील नेता  तथा जिल्ला कमिटी सदस्य शिद्द जेठारा लगायतलाई पार्टी प्रवेश गराएका माओवादी केन्द्रीय नेता समेत रहेका भट्टले आज जाेरायलका प्रभावशाली नेता तुलाराम सावदलाई नेकपा (माओवादी केन्द्र ) मा स्वागत गरेका हुन् ।

No description available.जाेरायल २ काे दुर्गादेवी सामुदायिक बनका अध्यक्ष समेत रहेका सामाजिक अगुवा सावदलाई बुधवार एक कार्यक्रमकाबीच मुख्यमन्त्री भट्ट   नेकपा माओवादी केन्द्र पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जाेशी, प्रदेश अध्यक्ष सरद सिंह भण्डारी अछाम र डाेटी जिल्ला इन्चार्जहरु समेतको उपस्थितिमा हार्दिक स्वागत गरिएकाे डोटी जिल्ला इञ्चार्ज शिव सिं ओलीले जानकारी दिए ।

पछिल्लाे समय नेकपा एमालेमा बढीरहेकाे बिग्रहसँगै पुराना कम्युनिष्ट नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिरहेकाे बताउदै माओवादी डोटी जिल्ला इञ्चार्ज एवं युवानेता शिव सिं ओलीले कृर्याशिलतालाई मध्येनगर गर्दै पार्टीमा भूमिका दिइने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.