गृहजिल्ला पुगेर भीम रावलकाे घोषणा ‘दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु’

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला पुगेका रावलले  साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएका हुन्।

कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनले बताए। उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्। उनले गृहजिल्लाका कार्यकर्तालाई सम्बोधनका क्रममा आफू कुन पदमा उठ्दा उचित होला भनेर सोधे। त्यसपछि कार्यकर्ताहरूले अध्यक्ष, अध्यक्ष, अध्यक्ष भनेर हुटिङ गरे।

‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छुु, उनले भने, ‘कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’

उनले कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरे।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.