यस्ताे छ- नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय अधिवेशनकाे तयारी

धनगढी । नेकपा माओवादी केन्द्र राष्ट्रिय अधिवेशनकाे तयारीमा जुटेकाे छ । शसस्त्र जनयुद्धकाे माध्यमवाट देशकाे राजनीति र समाजलाई एकहदसम्म अग्रगमनमा ल्याएकाे माओवादी केन्द्र पछिल्ला वर्ष नेपाली कम्युनिष्टलाई एकजुट पार्न लागेपनि असफल भएपछि विधानत: टुटफुटकै बीचमा राष्ट्रिय सम्मेलन गर्न थालेकाे हाे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले निर्धारित समयमै सम्मेलन गर्ने तयारीकासाथ काम कार्वाही अगाडी बढीरहेकाे बताए । उनका अनुसार यही कात्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण, २७ गते टोल सम्मेलन, मंसिर ४ गते वडा सम्मेलन,११ गते गाउँरनगरपालिका सम्मेलन,२५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.