तिहारअन्तरगत आज लक्ष्मीपूजा: मुख्यमन्त्री भट्टद्वारा दिपावलीकाे शुभकामना
धनगढी । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।
आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका प्रदेशबासीकाे सुख शान्ति र समृद्धिकाे कामना गरेका छन् ।
दीपावली, नेपाल सम्बत, भाईटीका लगायत हाम्रा सामाजिक, सास्कृतिक तथा परम्परागत माैलिक पर्वले एक-आपसमा मेलमिलाप, सदभाव र भातृत्व भावले मनाउन सिकाएकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्यका मापदण्ड अपनाएर रमाईलाेसँग तिहार मनाउन आग्रह गरेका छन् ।