मनकारी ओझाले स्थापना गरे आमाबुवाकाे स्मृतिमा विधालयमा अक्षय काेष

धनगढी । समाजसेवी तथा कैलालीका काठ व्यबसायी मनकारी गाैरीलाल ओझाले स्वर्गिय आमा-बुवाका् स्मृतिमा अनाथ, असहाय र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको अध्यापनका लागि एक विधालयमा अक्षय काेष स्थापना गरेका छन् । जिल्लाकाे गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हाे ।

साेही वडा नं. ७ निवासी गौरीलाल ओझाले विद्यालयमा १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका हुन । स्वर्गिय आमाबुवा भिमदत्त ओझा र गोमती ओझाको स्मृतिमा भिमदत्त/गोमती ओझा अक्षयकोष स्थापना गरिएको विद्यालयका अध्यक्ष खम्म बुढाले बताए ।

यस अक्षय काेषबाट विद्यालयमा रहेका अनाथ, असहाय र आर्थिक अवस्था कमजोर भएका बालबालीकाहरुको अध्यापनका लागि अक्षयकोषले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।

 यसअघि विभिन्न समाजसेवामा अग्रसर ओझाले सोमबार विद्यालयका अध्यक्ष बुढालाई अक्षयकोष स्थापनाका लागि रु. १ लाख १ हजारको चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.