महाकाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु, एक बेपत्ता

बैतडी । महाकाली नदीमा भारततर्फ जाँदै गरेको डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।बैतडीको शिवनाथ गाउँपालिका–१, खाँडस्थित नङरौं घाटमा बुधबार साँझ साढे ६ बजे डुङ्गा पल्टिएको हो।

डुंगा पल्टिँदा एक जना बालकको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। उनका अनुसार एक बेपत्ता भएका छन्।महाकालीमा बेपत्ता भएका युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। घटनामा थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.