माओवादी केन्द्रको डोटी जिल्ला इन्चार्जमा युवा नेता ओली

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटी जिल्लाको इन्चार्जमा शिव सिंह ओलीले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रकाे केन्द्रीय प्रतिनिधि रहेका ओलीलाई आज आईतबार बसेकाे पार्टीकाे स्थायी कमिटीको बैठकले डोटी इन्चार्ज तोकिएको हो ।

पार्टीकाे राष्ट्रिय महाधिवेशन र स्थानीय चुनाब आउन लागेका बेला माओवादी केन्द्रले युवा नेता ओलीलाई इन्चार्ज तोकिएको छ । यस अघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै ओली डोटीको इन्चार्ज भएका हुन ।

युवामाझ लाेकपृय नेता ओली पार्टीकाे विदेश विभाग समिति सदस्यमा पनि सिफारीस भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.