सुदूरपश्चिम सरकारकाे नेतृत्व माग्दै काँग्रेस नेता बालुवाटारमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माग गर्दै काँग्रेस संसदहरु बालुवाटार पुगेका छन् । नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु उत्साहित हुँदै अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गरेका हुन् ।

सुदूरपश्चिमबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले बताएको छ। केन्द्रमा पाँच दलकाे सत्ता गठबन्धन भएपछि पटक पटक सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने भन्दै काठमाण्डाैं धाईरहने उनीहरु नेतृत्व परिवर्तन नहुने भन्ने भएपछि फर्किदै आएका थिए । अहिले नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु उत्साहित हुँदै अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्न थालेका हुन् ।

यसअघि पनि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । अहिले ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.