केपिओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बाेलाउने मन्त्रीपरिषदकाे निर्णय

काठमाडौं ।सरकारले विदेशस्थित नियोगमा यसअघिको सरकारले राजनीतिक नियुक्ती गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बेलुकाको क्याबिनेट बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयमा राजदूत बनेका परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई भने यथावत राख्ने भनिएको छ ।

सरकारको उक्त निर्णयसँगै १२ मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् । हेर्नूस सूची :

१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)

११) शर्मिला ढकाल पराजुली (ओमान)
१२) प्रतिभा राणा (जापान)

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.