सुदूरपश्चिम प्रदेशकाे आर्थिक मामला मन्त्रालयले आज मन्त्री पाउदै

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामला मन्त्रालयले आज नयाँ मन्त्री पाउने भएकाे छ । सत्ता गठबन्धनमा पार्टी फरक परेकाे भन्दै एक हप्ता पहिले मन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले राजिनामा गरेपछि रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने बताईएकाे छ।

सरकारमा रहेकाे नेकपा (एकीकृत समाजवादी)ले पाउने उक्त मन्त्री पदका लागि समाजवादीको संसदीय दलले नाम टुंगो लगाइसकेको छ।संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताए।

तारा लामा तामाङलाई मन्त्रीमा र माया तामाङ बाेहरा राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको एकीकृत समाजवादीका एक सांसदले बताए। कञ्चनपुरकै प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री प्रकाश रावलको पनि नाम चर्चामा छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.