दार्चुलाका बाढी पिडितलाई माओवादी निकट कर्मचारीले गरे लाखबढी सहयाेग
धनगढी । दार्चुलाकाे दुहुँ गाउँपालिकामा आएकाे बाढी पहिराे पीडितलाई सुदूरपश्चिम प्रदेशमा कार्यरत नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुले रहातस्वरुप एकलाख बढी नगद सहयाेग गरेका छन् ।
विगतमा पनि जनताकाे आपत विपदमा सक्दाे सहयाेग गर्दै आएकाे नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशले यस बर्ष ठूलाे धनजनकाे क्षति व्यहाेरेकाे दार्चुलालाई सहयाेग गरेकाे बताएकाे छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयका लेखा अधिकृत बलदेव कापडीकाे नेतृत्वमा स्वच्छिक सहयाेग संकलनवाट जमा भएकाे उक्त रकम आज दुहु गाउँपालिका स्थानीय तह प्रकाेप व्यबस्थापन काेषकाे खातामा जम्मा हुनेगरी दार्चुला प्रशासनमा चेक बुझाइएकाे सहयाेग अभियानकर्मी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाका अध्यक्षआन सिंह डागाले बताएका छन् ।
सुदुरपश्चिम प्रदेश अन्तरगत विभिन्न जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत संगठनमा आबद्ध कर्मचारीहरुले स्वैच्छिक रुपमा संकलन गरेको राहत रकम सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको रहोबरमा दुहुँ गाउँपालिका–२ का वडा अध्यक्ष गोबिन्द सिंह डडाललाई चेक हस्तान्त्रण गरिएको हो ।
नेताहरु राजनीतिक खिचातानीमा रहेका बेला जनतालाई आइपरेकाे विपतमा माओवादी निकट मानिने राष्ट्रसेवक कर्मचारीकाे याे सानाे सहयाेगले पीडितलाई भने निकै महत्व रहने छ ।