अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा अवस्थी

कञ्चनपुर। नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा हेमराज अवस्थी चयन भएका छन। आइतबार क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय इकाई भेलाले अध्यक्षमा अवस्थीलाई सर्वसम्मत चयन गरेको हो।

अवस्थीको अध्यक्षतामा ३५ सदस्यीय अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटी पनि विस्तार गरेको छ। उपाध्यक्ष राधा भट्ट, राजिव दमाई, बिनोद बहादुर चन्द, सचिव विजय विष्ट, सहसचिव जगदिश नाथ, अर्जुन ठकुराठी, सुरेन्द्र ओखेडा, मनिषा विक र कोषाध्यक्षमा पूर्ण रावत रहेका छन।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पालिका सहित विश्वविद्यालयमा समेत संगठन विस्तार भएको बताए। सुप विश्वविद्यालयको इन्चार्जमा विद्यार्थी नेता गणेश मिश्र र सह इन्चार्जमा प्रेम परियारलाई समेत चयन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.