Dashain Suvakamana

लिटल फलावर प्रिमियिम लिगको हस्पिटल पार्टनर सारथी अस्पताल

धनगढी  । आगामी माघ अन्तिम साताबाट धनगढीमा आयोजना हुने विद्यालय स्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘लिटल फ्लावर प्रिमियर लिग ६’ को हस्पिटल पार्टनरका रूपमा सारथी अस्पताल प्रालि धनगढी रहने भएको छ ।  आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस र सारथी अस्पताल प्रा.लि. धनगढीबीच आज (आइतबार) सम्झौता भएको छ ।

धनगढीमा आयोजित कार्यक्रममा अस्पतालका तर्फबाट सञ्चालक डा. नीरज पन्त र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्  । क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैटौँ संस्करण माघ अन्तिम साताबाट सञ्चालन हुने छ ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्बाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।

प्रतियोगिताको प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार राशि धनगढीमा रहेको गुरुजी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । प्रतियोगिताको एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.