सुदूरपश्चिम प्रदेश सरकारको योजना तर्जुमा दिग्दर्शन सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे योजना तर्जुमा दिग्दर्शन तयार पारिएको छ। प्रदेश नीति तथा योजना आयोगले ‘योजना तर्जुमा दिग्दर्शन’ तयार गर्दै शुक्रबार सार्वजनिक गरेको हो।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउँदले योजना तर्जुमा दिग्दर्शन सार्वजनिक भएसंगै अब योजना छनोट पारदर्शी हुने विश्वास व्यक्त गरे। ‘विगतमा हचुवाको भरमा योजना छनोट हुँदै आएको थियो,’ साउदले भने, ‘अब योजना तर्जुमा दिग्दर्शन तयार भइसकेको छ। दिश्दर्शनमा कुन महिना के काम गर्ने भनेर स्पष्ट योजना बनाएका छौँ। यसलाई प्रदेशको पाश्र्वचित्र भन्दा फरक पर्दैन होला।’

उनले योजना तर्जुमा दिश्दर्शन तयार भएसंगै अब जनताबाट अनुमोदित योजना मात्रै कार्यान्वयनको चरणमा जाने विश्वास व्यक्त गरे। ‘योजना तर्जुमा दिग्दर्शन तयार भएपछि अब हामी आवधिक योजना बनाउने तयारीमा जुटेका छौँ, आवधिक योजना पाँच वर्षको हुनेछ,’ उनले भने।

प्रदेश नीति तथा योजना आयोगका सचिव नारायण प्रसाद पौडेलले योजना तर्जुमा दिग्दर्शन तयार भएसंगै प्रदेशका मन्त्रालयले पनि अब सोहीअनुसार योजना छनोट गर्नुपर्ने बताए। ‘योजना आयोगले योजना तर्जुमा गर्नका लागि दिग्दर्शन बनाएको हो, कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारको हो,’ उनले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.