स्यानिटाइजर पिउँदा धनगढीमा एक युवकको मृत्यु

धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो। ‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो।

घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।’ स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.