घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा युबतीलाई अन्तै लगेपछि…

धनगढी । गाेरा पर्वकालागि कपडा किन्न बुवासँगै बैतडीकाे खाेड्पे बजार पुगेकी स्थानीय गोदावरी भट्टलाई फर्किनेबेला पल्लाे गाउँकाे एक केटा हरिष महराले माेटरसाईकलमा घर पुराईदिन्छु भन्दै अन्तै लग्दा युबतीले चल्दै गरेकाे माेटरसाईकलवाट हाम फाल्नु परेकाे छ ।

हामफल्दा घाईते गोदावरीका अनुसार ती युवाले घर जाने बाटोमा रोकेनन्। उनले सिधै बझाङ जाने सडकतर्फ मोटरसाइकल हिँडाए। ‘मैले मोटरसाइकल रोक्न पटक–पटक आग्रह गरे तर उनले मानेनन्’ गोदावरी भन्छिन्, ‘अलि अगाडि एउटा विद्यालय छ। त्यहाँबाट पनि हाम्रो गाउँ जाने बाटो छ। उक्त स्थानमा पनि मैले रोक्न भने तर मोटरसाइकल रोकिएन। करिब ३ सय मिटर अगाडि पुगेपछि मैलै आत्तिएर तिव्र गतिमा गुडीरहेको बाइकबाट हाम फाले। त्यसपछि के भयो याद छैन।’

उक्त घटनापछि हरिष उनलाई त्यहाँ एक्लै छाडेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गोदावरीका दाई जनकका अनुसार तिनै प्रत्यक्षदर्शीहरुले उनको बहिनीको उद्वार गरि बुवालाई खबर गरेका थिए। ‘बहिनीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍यौ। त्यहाँबाट पनि रेफर गरेपछि रातारात धनगढीको माया मेट्रोमा ल्याएका छौ’ उनले भने, ‘कहिलै मोटरसाइल नचढेकी बहिनीलाई त्यस्तो गर्‍याे उसले। मसँगै पढेको साथी हो भन्ने खुलेको छ।’

अहिले गोदावरीलाई धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियूमा राखिएको छ। चिकित्सकका अनुसार उनको खुट्टा र भित्रि अंगमा चोट लागेको छ। उता पीडित परिवारले प्रहरी पोष्ट खोड्पेमा घटनाको छानबिनका लागि निवेदन दिएपछि अहिले चालक हरिश महर र मोटरसाइलकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको उनले बताए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.