समाजिक विकासमन्त्री खड्काद्धारा निर्मााणधिन होल्डिङ सेन्टरको अनुगमन
बिकाश सिंह महता
कञ्चनपुर । गौरिफन्टा नाका डोकेबजारस्थित नेपाल–भारत आवतजावत गर्नेहरुलाई मध्यनजर गरि राखिएको हेल्प डेस्क र नवनिर्मित होल्डिङ सेन्टरको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अनुगमन गरेका छन् ।
शनिवार होल्डिङ सेन्टरको अनुगमन गरेका मन्त्री खड्काले होल्डिङ सेन्टरलाई आवश्यक पर्ने थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनले अनुगमन गरेको उक्त होल्ड्रिङ सेन्टरको बाँकी आवश्यक भौतिक संरचना निर्माणकालागि सामाजिक विकास मन्त्रालय तयार रहेकाे बताए ।
अनुगमन तथा छलफलमा सहयाेगी संस्था निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, पुनर्वास नगरपालिका गणेश साउँद, कार्यक्रम संयोजक केशव मलासी, विनोद सिंह कडारा, गैसका महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष र उपाध्यक्ष देवीप्रसाद खनाल, नीरबहादुर शाही लगायतको उपस्थिति रहेको थियो।
विश्वव्यपीरुपमा फैलिएको पहिलो चरणको महामारीकारण भारतमा रोजगारी गुमाएर नेपाल फर्किने नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै साे स्थानमा होल्डिङ सेन्टरको स्थापना गरेको थियो ।