Dashain Suvakamana

धनगढी उपमहानगरले सञ्चालन गर्ने अक्सिजन प्लान्ट तयार हुँदै

धनगढी । धनगढी उप-महानगरपालिकाले सञ्चालनमा ल्याउन थालेको अक्सिजन प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चौधरी ग्रुपको आधा लगानी, धनगढी उप-महानगरपालिका र स्थानीय बासिन्दाको आधा लागानी गरी २५ लाखमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको प्लान्टका इन्जिनियरले बताए।

कोरोनाको दोस्रो भेरियन्टमा अक्सिन नपाएर धेरै मानिसले ज्यान गुमाएकोले अव आउन लागेको भनिएको तेस्रो भेरियन्टमा अक्सिजन नपाएर कसैले मर्नु नपरोस भन्ने उद्येश्यले सञ्चालनमा ल्याउन लागेको धानगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

अक्सिजन प्लान्टको सवै ब्यवस्थापकीय जिम्मेवारी उप-महानगर पालिकाले लिई दुई जना प्राविधिकलाई काम सिकाइरहेको र चासिल किलो क्षमताका दैनिक एक सय पचास सिलिण्डर भर्न सक्ने क्षमता अक्सिजन प्लान्ट स्थानीय तहहरुकै पहिलो भएकोमा आफूहरुलाई खुशी लागेको धनगढी उप महानगरपालिका मेयर वडले बताए । उक्त प्लान्ट धनगढी उपमहानगरपालिका वार्डनम्वर ७ को बेलीमा रहेको शहरी स्वास्थ्य पर्वद्धन केन्द्रमा स्थापना गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.