Dashain Suvakamana

तेस्रो लहरको कोभिड रोकथाममा सुदूरपश्चिम सरकार

धनगढी । नेपालमा पनि कोभिड-१९ को तेस्रो लहर आउन सक्ने आंकलनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकार ब्यवस्थापनमा जुटेको छ । तयारीकैक्रममा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश बमोजिमको सुदूरपश्चिम प्रदेश निर्देशक समितिको बैठक मुख्यमन्त्री त्रिलाेचन भट्टको अध्यक्षतामा अहिले बसिरहेको छ ।

बैठकमा प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोभिड-१९ को तेस्रो लहर र प्रदेशको तयारी, स्वास्थ्य अवस्थाका बारेमा ब्रिफिङ गरिरहेका छन् ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, स्थानीय तहका जनप्रतिनिधि, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुखहरु र जनस्वास्थ्य प्रमुखहरुको सहभागिता रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.