Dashain Suvakamana

स्थानीय वडादेखि प्रदेशस्तरको नेतृत्वकोलागि काँग्रेस उम्मेदवारकाे दाैडधुप

धनगढी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँएसंगै स्थानीय वडा तहदेखि प्रदेश स्तरको नेतृत्वकोलागि नेताहरुकाे दौडधुप बढ्दै गएको छ । सुदूरपश्चिममा विगतदेखिनै पौडेल पक्ष भन्दा देउवा पक्ष बलियो रहँदै आएको भएपनि सबैजसाे तहमा प्रतिस्पर्धि आआफ्नाे पक्षमा माहाेल बनाउन लागिपरेका देखिन्छन् ।

महाधिवेशन नजिकिए सँगै कैलाली जिल्लाको सभापतिकालागि सम्भावित उम्मेदवारहरु कार्यकर्ता रिझाउन यहाँका नेता कार्यकर्ताको दौडधुप बढ्दै गएको हो । जिल्ला सभापतिका लागि ५ जना आकांक्षि रहेको प्रष्ट देखिएको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत रहेको कैलालीको नेतृत्वलाई निकै महत्वपुर्णका साथ हेरिने गरिएको छ । हालसम्म कांग्रेस कैलालीमा सभापतिको लागि प्रकाश बम, गणेश देउवा, भीम बडुवाल, नारायण दत्त भट्ट र खेमराज चौधरी लगायतका नेताहरु रहेको बताईएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्षको दौडमा अहिले सम्म ५ जना देखिएका छन् । दुई पटक कैलाली जिल्लाको सभापति भइसकेका नरनारायण शाह (मनु) पनि प्रदेश अध्यक्षको लबिङमा छन् । कञ्चनपुरका बहादुर सिह थापा, बझाङका अर्जुन जगबहादुर सिह, अछामका बलबहादुर कुवर र अछामकै गोविन्द शाह रहेका छन् । थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् । शाह पूर्व राज्यमन्त्री हुन् । ५ जना मध्य नरनारायण शाह (मनु) को सम्भावना बढी देखिएको काँग्रेस नेता कार्यकर्ताहरू बताउँछन् ।

पार्टीको विधान अनुसार १ सभापति सहित २ जना उपसभापति, २ जना सचिव, २ जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.