Dashain Suvakamana

अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम

विकास सिह महता

भीमदत्त नगर । कञ्चनपुरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम लिएको छ । अपाङ्गता कृषि समुह कञ्चनपुर र भीमदत्त नगरपालिकाकाे क्षेत्रीय सहरी विकास आयोजनाको आर्थिक सहयोगमा आइतबार एक दिवसिय तालिम संचालन भएको हो ।

तालिमको उद्घाटन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गता भएका व्यक्ति जस्तै आत्मनिर्भर बन्ने काम गर्नुपर्नेमा जोडदिदै आत्मनिर्भरताका लागि नगरका तर्फबाट सहयोग गर्ने बताए ।

भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले अपाङ्गता भएका व्यक्तिपनि उत्पादनका काममा लाग्नुपर्नेमा जोडदिए । नेपाल पारा ओलम्पियन कमिटिका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घ कुमार स्वाँरले अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भर बनाईने बताए ।

अपाङ्गता कृषि समुहका अध्यक्ष मनोज चन्दले अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भर बनाउन सरकारी निकायबाट सहयोग गर्नुपर्नेमा जोड दिए । तालिम लिन आएका कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिहरुले नयाँ पेशाको तालिम भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.