रामारोशन गाउँपालिकाले सबै वडामा वितरण गर्यो पानी तान्ने मेसिन
धनगढी । बाढीले सिँचाई गर्ने कुलो तहसनहस पारेपछि अछामको रामारोशन गाउँपालिकाले पानी तान्ने मेसिन वितरण गरेको छ ।
गाउँपालिकाले त्यहाँका सात वटै वडाहरुमा पम्पसेटबाट पानी तान्ने प्रविधिका मेसिनहरु वितरण गरेको हो। गाउँपालिकाको २० लाख लगानीमा मेसिन वितरण गरिएको बताइएको छ।
गत भदौ २ गते आएको अविरल वर्षाले कैलाशखोलमा बाढी आएको थियो। बाढीले सिँचाई गर्ने कुलो तहसनहस पारेपछि बनाउन सक्ने अवस्था नभएका किसानका खेतमा सिँचाइ सुविधा पुर्याउने हेतुले उक्त मेसिनहरु वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।