सुदूरपश्चिम माओवादी संसदीय दलकाे बैठकले यस्ताे महत्वपूर्ण निर्णय गर्याे
धनगढी । सर्बोच्च अदालतले नेकपा बिघटन गरेर पूर्ववत पार्टिमा फर्काएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलकाे बैठक बसेकाे छ । आज मंगलवार संसदीय दलका नेता त्रिलाेचन भट्टकाे अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा पहिलाे पटक बसेकाे साे पार्टीकाे संसदीय दलकाे बैठकले महत्वपूर्ण निर्णय गरेकाे छ ।
बैठकले गरेका निर्णाय सार्वजनिक गर्दै संसद कुन्ति जाेशीले बैठकले समसमयीक परिस्थितिकाे सामना गर्दै सबैखाले प्रतिगमनका बिरुद्ध एक ढीक्का भएर अगाडी बढ्ने निर्णय गरेकाे बताइन् । यस्तै संसदीय दलकाे कार्यालय खाेल्ने, काेराेना भाईरसकाे संक्रमण पुन बल्झिएकाे बारे चिन्ता ब्यक्त गर्दै आम नागरीकाे स्वास्थ्य अवस्था, राेकथाम तथा नियन्त्रणमा तदारुकता देखाउन प्रदेश सरकारकाे ध्यानकर्षण गरेकाे छ ।
यस्तै बैठकले पार्टीकाे प्रदेश विधान मस्याैदा समिति गठन गरेकाे छ । समितिमा संसदहरु अक्कल रावल, मानवहादुर धामी, वीरभान चाैधरी, कुन्ति जाेशी र मानवहादुर सुनार रहेकाे संसद कुन्ति जाेशीले जानकारी दिइन् ।